शेयर बजारमा १७.२६ अंकको हरियाली, ४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज पनि शेयर बजारमा हरियाली छाएको छ । बजार दोहोरो अंकले बढ्नुका साथै कारोबार चार अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुुसार आज बजार १७.२६ अंकले बढेको छ । ०.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०४६.२९ अंकमा उक्लिएको छ ।

 

 

आज २६१ कम्पनीका १ करोड ८ लाख ८० हजार ९ सय ४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १०।१९ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार दोहोरो अंकले बढ्दा विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिर्जनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु लाइफको शेयर मूल्य क्रमशः १०, ९.९९, ९.९९, ९.९८ र ९.९८ प्रतिशतले बढेको हो ।

 

समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इक्वीटी फण्डका लगानीकर्ताहरुले भने सबैभन्दा बढी ५.५७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको २२ करोड ५७ लाख ४८ हजार ९ सय ७९.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार