बिओकेलाई गाभेर ग्लोबल आइएमइले पुस २५ बाट एकिकृत कारोबार थाल्ने

काठमाडौं। ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डू लाई गाभेर पुस २५ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको हो।

एकिकृत कारोबार ुग्लोबल आइएमइ बैंकको नामबाट हुने छ। मर्जरको सम्झौता गर्दा नाम ग्लोबल आइएमइ बिओके बैंक तय गरिएको थियो।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमति भएको थियो।

२०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मंसिर २३ गते भएको दुवै बैंकका साधारण सभाले मर्जरलाई अनुमोदन गरिसकेको छ। अब पुस २५ गते एकिकृत कारोबार हुने भएको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार