रंगकर्मी प्रकाश दाहाल सम्पर्कविहीन

काठमाडौं । रंगकर्मी प्रकाश दाहाल बेपत्ता भएका छन् । झापा घर भएका दाहाल तीन दिन अघिबाट सम्पर्कविहीन भएको भन्दै परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन् ।

इलाका प्रहरी कार्यालय, दमकका डीएसपी नवराज कार्कीका अनुसार उनको खोजीमा प्रहरी टोली परिचालित छ । नेपाली चलचित्र ‘पशुपति प्रसाद’मा पनि अभियान गरेका उनी पछिल्लो समय दमकको कदम थ्रिएटरसँग आबद्ध थिए ।

दाहालले नाटक ‘रुवा’को निर्देशन र ‘लाटीको छोरो’लगायतमा अभिनय गरेका छन् । उनले विर्तामोडमा ‘दाह्री भाइको चिया पसल’ नाममा व्यवसाय पनि सञ्चालन गर्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार