फाइनलमा पहिलो पटक भिड्दै कोलकाता र हैदराबाद

चेन्नई । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदैछ । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७:४५ बजे सुरु हुनेछ ।

यी दुई टोलीबिच यस सिजनको क्वालिफायर–१ पनि भिडन्त भएको थियो, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो । फाइनलमा भने कोलकाता र हैदराबाद पहिलो पटक भिड्न लागेका हुन् ।
कोलकाता चौथो पटक र हैदराबाद तेस्रो पटक फाइनल खेल्न लागेको छ । कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्नेछन्।
  • कोलकाताको २ उपाधि

कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेको छ । यस सिजन लिग चरणमा कोलकाताले १४ मध्ये ९ खेलमा जित हात पारेको थियो भने ३ खेलमा मात्रै हार बेहोरेको थियो । टोली २० अङ्कसहित नम्बर १ बनेर प्लेअफमा पुग्न सफल भयो । यससँगै पहिलो क्वालिफायरमा कोलकाताले हैदराबादलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

 

  • २०१६ को च्याम्पियन हैदराबाद

डेभिड वार्नरको कप्तानीमा हैदराबादले २०१६ मा आईपीएलको उपाधि जितेको थियो। गत सिजन हैदराबाद १० नम्बरमा सीमित बनेको थियो । तर यो सिजन उनले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्ने नजिक पुगेको छ । यो सिजन हैदराबादले ८ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो । हैदराबाद १७ अङ्कसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

 

  • कोलकाता हेड टु हेडमा अगाडि 

अहिलेसम्म दुई टोलीबिच जम्मा २७ खेल भइसकेका छन् । जसमध्ये कोलकाताले १८ खेल जितेको छ भने हैदराबादले ९ खेल मात्र जितेको छ ।

यस सिजनमा दुई टोलीबिच दुई खेल भएका थिए जसमा दुवै खेल कोलकाताले जितेको थियो । लिग चरणमा कोलकाताले कोलकाताको इडेन गार्डेनमा मात्र ४ रनको अन्तरले जित हात पारेको थियो । दोस्रो क्वालिफायर–१ खेलिएको थियो, उक्त खेलमा कोलकाता ८ विकेटले विजयी भएको थियो ।

  • नरेनको अलराउन्ड प्रदर्शन

कोलकाताका लागि ओपनिङ गर्दा सुनिल नरेन र फिल साल्टले उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवैले पावरप्लेमा टोलीलाई बलियो बनाएका थिए । मिडल अर्डरमा श्रेयस अय्यरले ठुला इनिङ्स नखेले पनि नन-स्ट्राइकमा राम्रो साथ दिएका छन् । फिनिशरमध्ये आक्रामक आन्द्रे रसेलले यो सिजन डेथ ओभरमा ठुला सट प्रहार गर्ने जिम्मेवारी लिएका छन् । वरुण चक्रवर्तीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले १४ खेलमा २० विकेट हात पारेका छन् ।

यता हर्षित राणाले ११ खेलमा १६ विकेट लिएका छन् । सुनिल नरेनले पनि ४८२ रन बनाएर १६ विकेट लिएका छन् ।

 

  • हेडको विस्फोटक ब्याटिङ

हैदराबादका लागि ट्राभिस हेड र अभिषेक शर्माको ओपनिङ जोडीले २ सयभन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छन् । दुवैले आक्रामक पारी खेलेका छन् ।

मध्यक्रममा हेनरिक क्लासेनले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । बलिङमा टी नटराजनले १३ खेलमा १९ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । उनलाई कप्तान प्याट कमिन्सले १७ र भुवनेश्वर कुमारले ११ विकेट लिँदै साथ दिएका छन् ।

  • पिच रिपोर्ट

एमए चिदम्बरम स्टेडियमको पिच स्पिनरहरूका लागि उपयोगी साबित भएको छ। अहिलेसम्म यहाँ ८९ आईपीएल खेल खेलिएका छन् । ४९ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३५ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६/५ हो, जुन घरेलु टोली चेन्नई सुपर किंग्सले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो।

  • मौसम अवस्था:

आइतबार चेन्नईमा धेरै तातो हुनेछ। वर्षाको सम्भावना ४ प्रतिशत छ । तापक्रम ३१ देखि ३८ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।

  • सम्भावित टोली

कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), रिंकु सिंह, रमनदीप सिंह, भेंकटेश अय्यर, सुनिल नारायण, आन्द्रे रसेल, हर्षित राणा, वैभव अरोरा, मिचेल स्टार्क र वरुण चक्रवर्ती।

इम्प्याक्ट प्लेयर: अंगकृष रघुवंशी

सनराइजर्स हैदराबाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, एडेन मार्कराम, अभिषेक शर्मा, नितिश रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

इम्प्याक्ट प्लेयर: शाहबाज अहमद

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार