निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले गरे छलफल सुरु

पुस १८ , काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीसँग छलफल सुरु गरेको जनाईएको छ । प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित रहने जानकारी दिईएको छ। छलफलमा आयोगका पदाधिकारीसँगै गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार