२ दिनमै फर्कियो लगानीकर्ताको एक खर्ब ६८ अर्ब

सेयर बजारमा लगानीकर्ताले गुमाएको एक खर्ब ६८ अर्ब ८१ करोड रुपैयाँ फर्किएको छ। सरकार पुँजीबजार सुधार प्रति सकारात्मक देखिएसँगै लगानीको मनोबल उच्च हुँदा बजार पुँजीकरण ह्वात्तै बढेको हो।

अत्यधिक मागका कारण सूचिकृत कम्पनीहरुको मूल्य लगातार बढ्दो छ। नयाँ प्रधानमन्त्री र अर्थमन्त्री नियुक्तीको चर्चा सुरु भएसँगै बढ्न थालेको बजार पुँजीकरण दुई दिन मै २८ खर्ब ६८ अर्ब रुपैयाँ नाघेको हो। गत साताको अन्तिम कारोबारपछि पुँजीकरण २७ खर्ब रुपैयाँमा सीमित थियो।

यस दौरान परिसूचकले १०० अंकभन्दा बढीको फड्को मारेको छ। दैनिक कारोबार रकम पनि ४ अर्ब हाराहारी हुन थालेको छ। आमसँगै संस्थागत लगानीकर्ता र व्यवयायीहरुको पैसा पनि सेयर बजारमा भित्रिएको विश्लेषकहरुको बुझाइ छ।

सोमबार र मंगलबारको तीव्र वृद्धिपछि बुधबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ। बजार परिसूचक झन्डै १२ अंकले घटेको हो। तर पुँजीकरणमा उल्लेख्य फेरबदल देखिँदैन। मंगलबारको छलाङपछि २८ खर्ब ६८ अर्ब रुपैयाँ नाघेको कुल बजार पुँजीकरण १७ अर्ब रुपैयाँले घटेको छ। जुन पछिल्लो वृद्धिको १०।११ प्रतिशत मात्र हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार