सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाण्डाै । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । केही दिनयता घटेको सुनको भाउ आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ९० हजार ३ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनकाे भाउ ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ । तीन दिनदेखि चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको  छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार