सप्तरीमा सर्पले डस्दा दिदीभाइको मृत्यु

सप्तरी ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदी-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिनुभयो । राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार