तीन दिनदेखि बालक सम्पर्कविहीन

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। दोहोलीका मनबहादुर घर्तीका छोरा विष्णु घर्ती गत १९ गतेदेखि परिवारको सम्पर्कमा छैनन् ।

घरबाट साथीसँग खेल्न निस्किएका र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मनबहादुर घर्तीले बताए। उनले गाउँलेले सबै आफन्त र सम्भावित ठाउँमा छोरालाई खोजे पनि फेला नपरेको बताउँदै परिवारले आज इस्मा प्रहरी चौकीमा बालक हराएका बारेमा जानकारी गराएका छन् ।

विष्णुले सुन्तलादेवि निम्न माध्यमिक विद्यालय, नयाँ पोखराको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए। गहुँगोरो वर्ण भएका बालकले सेतो सर्ट, जिन्स पाइन्ट र रातो तने चप्पल लगाएको परिवारले जनाएको छ ।

तीन दिनदेखि छोरा सम्पर्कमा नभएपछि घर्ती परिवारमा चिन्ता छाएको छ। इस्मा प्रहरीचौकी इञ्चार्च प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले परिवारले भर्खरै उजुरी दिएकाले खोजी कार्य भइरहेको जानकारी दिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार