सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

बागमती । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएको छ । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा एकीकृत समाज वादी पार्टी रोजेको बताएको छ ।

उनले राजीनामा दिए सँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र हुनुहुन्छ । प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी मा सनाखत गरेको थियो ।

– रासस

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार