कोजाग्रत पूर्णिमा : कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली ।  प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान आजदेखि सुरु हुने भएकाले प्रदेश सरकारले आज बिदा दिएको हो । विसं २०७८ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा कात्तिक ३ गते बिदा दिने निर्णय गरेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने जनाएको छ ।

वालिङ, स्याङ्जाको बिरुवा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । बिरुवा –७ मा अवस्थित मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा गरिने पञ्चबलि पूजालाई स्थानीय पर्वका रुपमा मनाउनका लागि आज सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए । मन्दिरमा राँगो, बोका, कुखुरा, परेवा र हाँसको बलि दिने गरिन्छ ।

“गाउँपालिकाकै धार्मिक आस्थाको धरोहरको रुपमा हामीले गहते मनकामनालाई अगाडि बढाएका छौँ”, उनले भने, “धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहेको यस क्षेत्रको प्रचारप्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने हेतुले उक्त स्थानमा हुने मेलालाई पर्वका रुपमा मनाउनका लागि सार्वजनिक बिदा दिएका हौँ ।”

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार