पहिरामा पुरिएर एकको मृत्यु, तीन घाइते

अर्घाखाँची। पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र  अन्य तीन जना घाइते भएका थिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य  रहेको जनाइको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार