भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्‍काल

भक्तपुर।  चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्‍काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्‍काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्‍कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेक सर्ट र झोलाका आधारमा प्रहरीले कङ्‍काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिए । कङ्‍काल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार