गुल्मीमा रु २२ करोड बेरुजु

तम्घास । गुल्मीका स्थानीय तहमा २२ करोड बेरुजु देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा कूल २१ करोड ८२ लाख ५८ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

आव ०७५/७६ मा भन्दा ०७६/७७ मा जिल्लाका पालिकाहरुमा रु एक करोड ६८ लाख ५५ हजार कम बेरुजु आएको छ । आव ०७६/७७ मा जिल्ल्लाका १२ पालिकामा २३ करोड ५१ लाख १३ हजार बेरुजु आएको थियो । आव ०७४/७५ मा भने जिल्लामा कूल रु १२ करोड ७५ लाख १४ हजार बेरुजु देखिएको थियो ।

जिल्लाका सबै स्थानीय तहहरुमध्ये सत्यवती गाउँपालिकामा बढी बेरुजु देखिएको छ । एक अर्ब ३४ करोड ४५ लाख १६ हजारको लेखापरीक्षण गर्दा चार करोड २४ लाख ७८ हजार बेरुजु देखिएको छ । सत्यवतीमा ०७५र७६ मा दुई करोड ६८ लाख ४८ बजार बेरुजु देखिएको थियो । ०७५र७६ मा भन्दा ०७६र७७ मा सत्यवतीमा एक करोड ५६ लाख ३० हजारभन्दा बढी बेरुजु देखिएको छ । जुन आर्थिक पारदर्शिताको दृष्टिकोणले राम्रो मानिँदैन ।

सत्यवतीपछि मुसिकोट नगरपालिकामा बढी बेरुजु आएको छ। एक अर्ब ३६ करोड नौ लाख ५८ हजारको लेखापरीक्षण गराएको मुसिकोटमा तीन करोड ११ लाख ६६ हजार बेरुजु देखिएको छ। नगरपालिकामा आव ०७५र७६ मा चार करोड ५४ लाख ८८ हजार बेरुजु आएको थियो ।

०७५र७६ मा भन्दा ०७६र७७ मा नगरपालिकाले एक करोड ४३ लाख २२ हजार बेरुजु घटाएको छ । ९९ करोड ५१ लाख ४९ हजारको लेखापरीक्षण गराएको कालीगण्डकी गाउँपालिकामा दुई करोड ५५ लाख ५९ हजार बेरुजु देखिएको छ ।

कालीगण्डकीमा आव ०७५र७६ मा दुई करोड ५२ लाख १२ हजार बेरुजु देखिएको थियो । ०७५र७६ मा भन्दा ०७६र७७ मा कालीगण्डकीमा ४३ लाखभन्दा बढी बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । ९९ करोड ५४ लाख ३८ हजारको लेखापरीक्षण गराएको मालिका गाउँपालिकामा दुई करोड ४९ लाख ७२ हजार बेरुजु देखिएको छ। जुन आव ०७५र७६ मा भन्दा एक करोड ७३ लाख ५० हजारले बढी हो । मालिकामा आव ०७५र७६ मा ७६ लाख २२ हजार बेरुजु आएको थियो । त्यस्तै आव ०७४र७५ मा गाउँपालिकामा कूल तीन करोड ९९ लाख १९ हजार बेरुजु देखिएको थियो ।

चन्द्रकोट गाउँपालिकाले आव ०७५र७६ मा भन्दा ०७६र७७ मा एक करोड ९४ लाख ९० हजारले बेरुजु घटाएको छ । जुन प्रशासनिक क्षेत्रमा भएको सुधार हो । आव ०७६र७७ मा दुई करोड २० लाख बेरुजु देखिएको छ । जबकि ०७५र७६ मा गाउँपालिकामा चार करोड १४ लाख ९० हजार बेरुजु देखिएको थियो । चन्द्रकोटमै आव ०७४र७५ मा भने ३५ लाख ९२ हजार बेरुजु देखिएको थियो ।

छत्रकोट गाउँपालिकाले बेरुजु रकम उल्लेख्य मात्रामा घटाएको छ । कूल ९७ करोड १४ लाख ८२ हजारको लेखापरीक्षण गराएको छत्रकोटमा ९४ लाख ११ हजार बेरुजु देखिएको थियो । गाउँपालिकाले आव ०७५र७६ मा ७८ करोड ९७ लाख ६९ हजारको लेखापरीक्षण गर्दा दुई करोड ९३ लाख २३ हजार बेरुजु देखिएको थियो । आव ०७५र७६ मा भन्दा ०७६र७७ मा छत्रकोटमा एक करोड ९९ लाख १२ हजारले बेरुजु रकम घटेको छ ।

कूल ८५ करोड २२ लाख १४ हजारको लेखापरीक्षण गराएको गुल्मीदरबार गाउँपालिकामा एक करोड ६४ लाख ६७ हजार बेरुजु देखिएको छ । आव ०७५र७६ मा ७० करोड ४३ लाखको परीक्षण गराउँदा गाउँपालिकामा एक करोड ७७ लाख ५३ हजार बेरुजु देखिएको थियो । आव ०७४र७५ मा तीन लाख ३९ हजार मात्रै बेरुजु देखिएको गुल्मीदरबारमा ०७५र७६ मा एक करोड ७४ लाख १४ हजार बेरुजु रकम बढी देखिएको थियो ।

एक अर्ब १४ लाख २६ हजार ५१ हजारको लेखापरीक्षण गराएको रेसुङ्गा नगरपालिकामा एक करोड ६० लाख ७६ हजार बेरुजु देखिएको छ । आव ०७५र७६ मा एक अर्ब नौ करोड १६ लाख ६६ हजारको परीक्षण गराउँदा नगरपालिकामा एक करोड २३ लाख छ हजार बेरुजु देखिएको देखिएको थियो । आव ०७५र७६ मा भन्दा ०७६र७७ मा नगरपालिकामा ३७ लाख ७० हजारभन्दा बढी बेरुजु देखिएको छ । आव ०७४र७५ मा एक करोड ७२ लाख २३ हजार बेरुजु देखिएको थियो ।

धुर्कोट गाउँपालिकामा एक करोड २३ लाख ७४ हजार बेरुजु देखिएको छ । गाउँपालिकाले एक अर्ब पाँच करोड १५ लाख ६७ हजारको परीक्षण गराएको थियो । ०७५र७६ मा भन्दा ०७६र७७ मा गाउँपालिकामा २२ लाख ५३ हजार रकम बढी बेरुजु देखिएको छ ।

आव ०७४र७५ मा भने धुर्कोटमा कूल एक करोड १६ लाख ४४ हजार बेरुजु आएको थियो । ८७ करोड ८५ लाख ९४ हजारको परीक्षण गराएको इस्मा गाउँपालिकामा एक करोड सात लाख ७५ हजार बेरुजु देखिएको छ । जुन आव ०७५र७६ भन्दा १४ लाख ६४ हजारले बढी हो । इस्मा गाउँपालिकामा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । गाउँपालिकामा ०७४र७५ मा ७८ लाख ५५ हजार तथा ०७५र७६ मा ९३ लाख ११ हजार बेरुजु देखिएको थियो ।

रुरुक्षेत्र गाउँपालिकामा ४४ लाख ३४ हजार बेरुजु आएको छ । गाउँपालिकाले ०७६र७७ का लागि ९९ करोड ४५ लाख ३९ हजारको लेखापरीक्षण गराएको थियो । गाउँपालिकाले बर्सेनि बेरुजु रकमलाई घटाएको छ । आव ०७४र७५ मा ७९ लाख १८ हजार तथा ०७५र७६ मा रुरुक्षेत्रमा ७१ लाख २३ हजार बेरुजु आएको थियो ।

जिल्लामा सबैभन्दा कम मदाने गाउँपालिकामा बेरुजु देखिएको छ । कूल ८९ करोड ७७ लाख १५ हजारको लेखापरीक्षण गराएको मदानेमा २५ लाख ४६ हजार बेरुजु आएको छ । आव ०७५र७६ मा गाउँपालिकामा २५ लाख १६ हजार तथा ०७४र७५ मा ४८ लाख ४६ हजार बेरुजु आएको महालेखाले जनाएको छ ।

सबैभन्दा बढी बेरुजु आएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले प्रक्रियागत कमजोरीका कारण बेरुजु आएको प्रतिक्रिया दिनुभयो । महालेखा परीक्षकको कार्यालयले आधिकारिक रिपोर्ट नपठाएका कारण आफूले अध्ययन गर्न नपाएको उनले बताए।

अधिकांश कामहरु उपभोक्ता समितिमार्फत गर्दा भ्याट लगायतका विषयवस्तु नमिल्दा बेरुजु आएको हुनसक्ने उहाँले बताउनुभयो । सबैभन्दा कम बेरुजु आएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेल प्रदेश र सङ्घीय सरकारको कानुनबमोजिम काम गरेकाले कम बेरुजु आएको बताउनुभयो । सबै ठेक्का विद्युतीय माध्यमबाट खोलेको, खरिद प्रक्रिया पारदर्शी बनाएको जस्ता कारणले बेरुजु घटेको उनले बताए।

रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार