मोलुङ हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

पुस १९, २०७९

काठमाडौ । मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकका लागि आज पुस १९ गतेदेखि साधारण शेयर आईपीओ निष्काशन खुला गरेको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ८ लाख २ हजार ५ सय कित्ता र श्रमिकका लागि २ लाख ७२ हजार ८ सय ५० कित्ता आईपीओ निष्काशन गरिएको हो ।

यस निष्काशनमा मोलुङ गाउँपालिकाका स्थानीय, सुनकोशी गाउँपालिकाका स्थानीय र सिद्धिचरण नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा माघ ३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्ने छन् भने नेपाली श्रमिकले माघ ३ गतेसम्म मात्र आवेदन दिन पाउने छन् ।

कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ

पहिलो चरणको आईपीओ निष्काशनपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार