सुत्केरी महिलालाई सहयोग सामाग्री

बाँके । नेपालगञ्जका मुस्लिम युवाहरुद्वारा भेरी अञ्चल अस्पतालमा रहेको सुत्केरी महिलाहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ । मोहरर्मको अवसरमा सुत्केरी महिलाहरुलाई फलफूल , पानी, बिस्कुट र मेवाहरु वितरण गरि इमामे हुसैन रजिअल्लाह हु तआला अन्हुको युवाहरुले याद मनाएका छन् ।

मुस्लिम युवा आसिफ अन्सारीले बताए कि हजरत इमामे हुसैन रजिअल्लाह हु तआला अन्हु दीने ईस्लामको अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु तआला अलैही वसल्लमको नाति हुन् । हिजरी ६१ मा पैगम्बरे ईस्लामको नातिलाई इराकको कर्बला भन्ने क्षेत्रमा सहिद गरिएको थियो । मानवता र दुष्टता बीच भएको त्यो युद्धमा हजरत इमामे हुसैन रजिअल्लाह हु तआला अन्हु सहित ७२ जना घरपरिवारलाई सहिद गरिएको थियो । अन्सारीको अनुसार मोहरर्म कुनै पर्व नभएर एउटा यादगार हो अपराध , सामाजिक विकृति र दुष्टतालाई अन्त्य गर्न सहिद हुनुभएको हजरत इमाम हुशैनले दिएको संदेश बमोजिम समाजसेवा गरेर याद मनाउनु पर्छ भन्ने उनको भनाइ थियो । ईमाम हुसैनले दिएको संदेश शान्ति , भेदभावरहित समाज र भाइचारा रहेकोले भेरी अञ्चल अस्पतालमा रहेको सय जना सुत्केरी महिलाहरुलाई फलफूल लगायतको सामग्री वितरण गरिएको हो ।

उनको अनुसार हिजरी ६१ मा हजरत ईमाम हुशैन रजिअल्लाह हु तआला अन्हुलाई यजीद भन्ने शासकले २२ हजार फौजको दस्ता लिएर सहिद गरेको थियो । यजीदले दीने ईस्लामको संदेश विपरीत शासन चलाउने चेष्टा गरेपछि ईमाम हुसैन र यजीद बीच युद्ध भएको हो । ईमाम हुसैन हजरत पैगम्बर मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको नाती भएकोले दुष्ट र मानवताहीन ब्यक्तिलाई मानव जातीको रक्षक स्वीकार नगर्ने अठोट लिएपछि कर्बलाको युद्ध भएको थियो । यजीदको बारेमा वल्माहरुले विभिन्न किताबको प्रमाण अनुरुप बताउँछन् कि यजीदले जाँडरक्सी , बलात्कार , नमाज नपढ्ने , जुवातास लगायतको अपराधलाई बढावा दिने र आफू पनि संलग्न हुने गरेकोले ईमाम हुसैनले उसको शासनलाई अस्वीकार गरेको थियो । सोही अपराधलाई अन्त्य गर्न ईमाम हुशैन ७२ जना सहित सहिद भएर दीने ईस्लामको संदेशलाई जोगाएका हुन् । यादगारे हुसैनको अवसरलाई आधार बनाइ  नेपालगञ्जका मुस्लिम युवाहरुले गरेको सहयोगलाई प्रोत्साहित गर्दै कृष्ण प्रसाद श्रेष्ठले युवाहरूको प्रसंशा गरे ।

उनले भने, ‘युवाहरु समाजको जग हुन् र युवाहरुले सामाजिक कार्य गरेको देखेर प्रसन्नता अनुभुति हुन्छ ।’ आगामी दिनमा समेत सामाजिक कार्य गरेको हेर्न पाउँ भन्दै शुभकामना समेत दिए। त्यस्तै सुत्केरी महिलाहरुलाई सहयोग गर्न अगाडि कदम बढाएको मुस्लिम युवाहरूलाई प्रोत्साहित गर्दै हाथ बटाउन समाजसेवी रचना श्रेष्ठले समेत सहयोग गरेका थिए । उनले युवाहरुले गरेको सामाजिक कार्यमा सहभागी हुनु भनेको युवाहरूलाई बाटो देखाउनु सरह हो भनी बताए । सोहि सहयोग सामाग्री वितरण कार्यक्रममा युवा पिढीबाट अंकित श्रीवास्तव र मुस्लिम युवा समीर अली बेहना, अजहर सिद्दीकी, साहिल अन्सारी , इब्रार खान लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार