दुई मुक्तक

पुर्ण बहादुर श्रेष्ठ 'हृदयङ्कृत'

१.
फक्रन देऊ कोपिलालाई, कलिलो छ
तिम्रो भित्री मनको प्रकाश मलिनो छ
आउँछ सुखद् पल, मात्र धैर्य गरिदेऊ
सधैँ निर्धो नसम्झ, समय बलियो छ ।

२.
खबर सत्य नहुन सक्छ, विश्वास नगर
दुःख दिइरहनेले मद्दत गर्ने आश नगर
समय आउँछ जान्छ, कसैलाई पर्खिन्न
थाहा पाइ-पाइ दुस्मनकोमा बास नगर ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार