ईपीएल क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौं । असोज ९ गते देखि सुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) को ट्रफी सार्वजनिक भएको छ।

ईपीएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफी सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन्।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू विराटनगर वारियर्स, काठमाडौं किङ्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार