त्रिविले भदौ ५ सम्मका परीक्षा नरोक्ने

काठमाडाै‌ । त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ।

स्नातक र स्नातकाेत्तर तहका विभिन्न संकायका परीक्षाहरू हाल सञ्चालनमा छन्। केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछन्।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय भएको बताए।

कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि के गर्ने भन्नेबारे आज त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदकाे बैठक बसेको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार