अकालमा मृत्युवरण गर्दै निकुञ्जका वन्यजन्तु

राँझा । राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ। निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुनेक्रम बढ्दो छ ।

साथै राजमार्गको दुवैतर्फ अबरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाका जोखिममा परेका हुन् । हालसम्म सडक दुर्घटनामा परेर निकुञ्जका ३५८ वन्यजन्तुको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार राजमार्गमा सडक दुर्घटनामा परेर मर्नेमा सबै भन्दा बढी बाँदर, बँदेल र चित्तल छन् । गत आर्थिक वर्षमा मात्रै दुर्घटनामा परेर ४३ र अन्य दुर्घटनामा परेर २५ वन्यजन्तुको मृत्यु भएको थियो । आव २०७१\७२ देखि आव २०७७\०७८ सम्मका अवधिमा दुवै राजमार्गमा भएका सवारी दुर्घटनामा परेर विभिन्न प्रजातीका ३५८ वन्यजन्तु मरेका थिए।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार