नेकपा एमालेकाे स्थायी कमिटी बैठक आज, तीन विषयमा छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ।

केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे बैठकमा छलफल छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार