ताप्लेजुङमा पहिरो : एकै परिवारका ४ जनाको मृत्यु

३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङकाे फक्तालुङ गाउँपालिकामा पहिराले घर बगाउँदा एकै परिवारका चार जनाकाे मृत्युु भएको छ ।

फक्तालुङ गाउँपालिका-२ खेजेनिममा शुक्रबार विहानकाे राति करिब २ बजे आएको पहिराेले पालिका उपाध्यक्ष रविन साम्रा लिम्बूकाे घर बगाउँदा चार जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

अध्यक्ष लिम्बूका अनुसार पालिका उपाध्यक्ष रविनकाे बुबा आमा र दुई भाइबहिनीकाे मृत्यु भएको हाे ।

उनले समावेशी सञ्चारसँग भने,’राति सुतिरहेका बेला पहिराे आएको थियाे । उक्त पहिराले उपाध्यक्षज्यूकाे परिवारका चार जनाकै मृत्युु भएको छ, हामी थप खाेजी गरिरहेका छाैं।यता, पहिराले दुई वटा घर बगायाे’

अनुसार ७१ वर्षीय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छाेरी १२ वर्षीया गंगा र जमुनाकाे मृत्युु भएको हाे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार