रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने बाध्यता : श्रममन्त्री अर्याल

पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले श्रम क्षेत्रमा रोजगारीको समस्या निकै बढी रहेको बताएका छन् । नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने अवस्था रहेको बताए ।

गण्डकी प्रदेशको पोखरामा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था नेपालमा रहेको बताए ।

‘श्रम खोज्ने ठुलो सङ्ख्या रहेको छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने समस्या छ । यो समस्या निकै ठुलो छ । यस्तो खालको समस्याको अन्त्य कसरी गर्न सकिन्छ भनेर हामीले निकै छलफल गर्‍यो । त्यही क्रममा बजेट नभएपनि श्रमाधान रोजगार मेलाको अवधारण ल्याएका हौँ,’मन्त्री अर्यालले भने ।

श्रमाधान रोजगार मेलाले कति जनालाई तुरुन्तै रोजगारी दिन्छ भन्ने महत्त्वपूर्ण नरहेको उनको भनाइ छ । यो एक खालको सुरुवात भएको भन्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले रोजगारीका क्षेत्रमा राम्रो हुने बताए ।

यो वर्ष एकदमै हतारमा बजेट नै नभएको अवस्थामा कार्यक्रम गरेकोले संयुक्त कार्यक्रम गर्न कहीँ कतै चुकेको उनको भनाइ छ । आगामी दिनमा संयुक्त रूपमा यस्ता कार्यक्रम गर्न तिनवटै सरकारले मिलेर प्रदेशमा मात्र सीमित नरहेर पालिकास्तरमा नै पुगेर कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दुई दिने मेलाले वैदेशिक रोजगारीमा जानेहरूलाई समेत धेरै जानकारी मिल्ने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार