५५ करोड ८५ लाखको आइपीओ आउँदै

२० पुष २०७९

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ५५ करोड ८५ लाख रुपैयाँ बराबरको आइपीओ स्वीकृत गरेको छ।

बोर्डले एउटा लघुवित्त र एउटा जलविद्युत कम्पनीलाई ५५ लाख ८५ हजार कित्ता आइपीओ निष्कासनको स्वीकृति दिएको हो।

जसमध्ये बीपीडब्ल्यू लघुवित्तले ९७ हजार कित्ता आइपीओ निष्कासनको अनुमति पाएको छ। कम्पनीले जारी पुँजीको ३२.३३ प्रतिशत सेयर जारी गर्दैछ।

यस्तै, सगरमाथा जलविद्युत कम्पनीले ५४ लाख ८८ हजार कित्ता आइपीओ जारी गर्दैछ। यो आयोजना प्रभावित र सर्वसाधारण दुवैलाई हो।

सगरमाथा जलविद्युतले भने जारी पुँजीको ४९ प्रतिशत प्राथमिक सेयर बिक्री गर्दैछ।

दुवै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले आइपीओ निष्कासनको अनुमति पाएका हुन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार