प्रधानमन्त्री प्रचण्डले आज मन्त्रालयका सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्ने

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुलाई आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन । हिजो सचिवहरुबाट कामकारबाहीबारे रिपोर्टिङ सुनेका प्रधानमन्त्री प्रचण्डले आज उनीहरुलाई थप सुझावसहित निर्देशन दिन लागेको जानकारी दिर्र्ईएको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सिंहदरबारमा बैठक राखेर मन्त्रालयबाट हुँदै आएका काम र सचिवलगायतका कर्मचारीहरुको कार्यशैलीबारे जिज्ञासा राखेका थिए । सो दिन अधिकांश मन्त्रालयका सचिवहरुको ब्रिफिङ सकिएको छ ।

सरकारको सफलता र असफलतामा कर्मचारी संयन्त्रको ठूलो भूमिका हुने भएकाले सरकारको लक्ष्य उद्देश्य प्राप्तिका लागि सोही स्पीरिटमा काम गर्न प्रचण्डले निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार