नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले दियो स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ ।

शुक्रबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मर्जरका लागि अन्तिम स्विकृती दिएको एक सञ्चालकले जानकारी दिए ।

यसअघि दुवै बैंकले पुस ७ गते सम्पन्न बार्षिक साधारण सभाले मर्जरको प्रस्ताव पारित गरिसकेको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई १००ः९० अनुपातमा मर्जर गरेको हो ।

मेगा बैंकको १०० कित्ता सेयर हुने सयरधनीले इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार