आज ११ बजे पोखरा जाँदै प्रधनमन्त्री प्रचण्ड

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदैछन्। प्रधानमन्त्री प्रचण्ड बुद्ध एयरको चार्टरमार्फत पोखरा जान लागेको जानकारी दिईएको छ ।

हेलिकोप्टर प्रयोग नगरी बुद्ध एयरको चार्टरमार्फत अहिले ११ बजे पोखरा जाने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।

यसअघि प्रधानमन्त्रीहरु हेलिकोप्टरमार्फत उद्घाटन लगायतका कार्यक्रममा जाने गरेका थिए। पोखरामा आज भव्य रुपमा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा जान लागेका हुन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार