कांग्रेस प्रदेश–१ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । थापा पार्टीका प्रदेश–१ सभापति समेत हुन् ।

शुक्रबार बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा थापाले १८ मत ल्याई विजयी भएको निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जनाएका छन ।

उनका निकटतम प्रतिस्पर्धी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका केदार कार्कीले नौ र पार्टीका केन्द्रीय सदस्य समेत रहेका अमृत अर्यालले दुई मत ल्याएका छन । प्रदेश–१ प्रदेशसभामा कांग्रेसका २९ सदस्य छन् ।

संसदीय दलको नेतामा विजयी भएपछि थापाले कांग्रेसमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने परम्परा रहेको र अब आफू सदनमा दह्रो विपक्षी भएर अगाडि बढ्ने जानकारी दिए ।

थापाले कृष्णप्रसाद सिटौला समूह, कार्कीले संस्थापनइतर शेखर कोइराला समूह र अर्यालले संस्थापन सभापति शेरबहादुर देउवा समूहबाट उमेदवारी दिएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार