प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

काठमान्डौं । नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता त्यहाँका डाँकु तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ ।

त्यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकुलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ ।

१४ देखि प्रायः तस्कर र डाँकुहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो ।

पत्रकार सम्मेलनका क्रममा त्यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकुहरु मारिएका हुन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार