इयुकी राजदूतले भनिन्- ‘संघीयतालाई स्थायित्व दिन सहयोग गर्छौं’

काठमाडौं  । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हित र सहयोगको बारेमा छलफल भएको छ। भेटका क्रममा गृहमन्त्री खाँणले युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

मन्त्री खाणले आगामी दिनमा समेत विगतझैं सहयोग गर्न राजदूत डिप्रेजलाई आग्रह गरेका छन्। ‘नेपाललाई अहिलेसम्म इयुले गरेको सहयोगका लागि धन्यवाद। आगामी दिनमा पनि यस्तै सहयोग रहिरहने छ भन्ने अपेक्षा नेपाल सरकारको छ,’ मन्त्री खाँणले भने, ‘नेपाल सरकार इयूसँग काम गर्न तयार छ ।’

युरोपियन युनियनले लैंगिक समानता, शिक्षामा सहज पहुँच र वातावरणीय प्रभावका क्षेत्रमा नेपालमा काम गरिरहेको छ । भेटका क्रममा राजदूत डिप्रेजले  नेपालमा संघीयतालाई स्थायित्व दिन सहयोग गर्न चाहेको बताएकी थिइन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार