सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ। सोमबार सुन तोलामा १ सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। आइतबार सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।

तेजावी सुन तोलाको ९० हजार १५० रुपैयाँमा कायम गरिएको छ। यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार