अवैध लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन्।कैलालीको धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेका छन्।

विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाईपक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने १८ वर्षीय ३ जना किशोर र १ जना किशोरीलाई ३ ग्राम ६ सय ९० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले लागुऔषध ब्राउनसुगर सेवन गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ झिलमिलाफाँटाबाट ६ ग्राम २ सय ४० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २२ वर्षीय झलक थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

भारतबाट साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपी झिलमिला समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार