बन्दुक देखाइ गरगहना लुटपाट

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३:०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेका छन् ।

लुटेराले उनको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको जनाइएको छ । घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरुपमा गरिरहेको जनाइएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार