एम्स ईन्टरनेशनल कलेजमा शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान

एम्स ईन्टरनेशनल कलेज, लगनखेलमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा विजयादशमी २०७८ को शुभकामना आदानप्रदान, सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा निरन्तर १५ वर्षसम्म शिक्षण पेशा गर्नुहुने शिक्षकलाई प्रोत्साहन स्वरुप ५१ हजार रुपैयाँ उपदान दिएर एम्स ईन्टरनेश्नल कलेजले शिक्षक बद्रीप्रसाद तिवारीलाई नगद रकम र दोसल्लासहित सम्मान गर्नुका साथै भविष्यमा विद्यार्थीलाई गुणस्तरीय शिक्षामा जोड दिने र उनीहरुको हितमा क्षमता अभिवृद्धि गराउन कलेज प्रशासन तत्पर रहेको कुरा कलेजका संयोजक सुनिल महर्जनले जानकारी गराए।

एम्स ईटरनेशनल कलेज ललितपुर जिल्लाको उत्कृष्ट र सर्वसुलभ कलेज अन्तरगत पर्दछ । क्याम्पस प्रमुख टिकाराम ढकालले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना दिए । साथै, क्याम्पसमा विद्यार्थीहरुले भोग्ने गरेका समस्या र चुनौती बारे बोल्दै उनले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा हासिल गर्नका लागि जिल्लाबाहिर नै जानुपर्ने बाध्यता चिर्न र ललितपुर भित्र नै व्यवहारिक शिक्षाका लागि पहल गर्न र व्यवहारमा लागु गर्ने वातावरण व्यवस्थापनमा सहजीकरण गर्न मेयर चिरीबाबु महर्जनसामु आग्रह गरे।

ललितपुर नगर प्रमुख मेयर चिरीबाबु महर्जनले सामाजिक क्षेत्रमा काम गर्ने वातावरणमा सक्दो सहजीकरण र समन्वय गर्ने प्रतिवद्धता जनाए । सांस्कृतिक धरोहर बचाउने र विद्यार्थीहरुको क्षमता विकासमा टेवा दिन ललितपुर महानगरपालिका हरदम तयार रहने जानकारी दिए । तथा दशैँ र तिहारलाई सभ्य र भव्य तर अनुशासिन तवरबाट आफ्नो संकार, संकृति र सम्पदाको जगेनामा सबै मिलेर लाग्नुपर्ने र महामारीको समयमा आफु बाँचेर अरुलाई पनि बचाउनुपर्ने कुरामा मेयरले जोड दिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार