जुम्लामा भालुको आक्रमणबाट १ बृद्धको मृत्यु

भालुको आक्रमणबाट जुम्ला गुठीचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठीचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउँदै गर्दा आइतबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो ।

भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि सुरक्षा निकायको टोलीले नियन्त्रणमा लिई गोली हानेर भालु मारेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताए ।

ज्येष्ठ नागरिक लामा गुठिचौरबाट दिउँसो करिब ४ः३० बजे सदरमुकाम आउँदै गरेको अवस्थामा बाटोमा भालुले आक्रमण गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार