पोखराले चितवनलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा अहिले भइरहेको खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १२४ रनको लक्ष्य दिएको छ ।

टप अर्डर फ्लप हुँदा लोअर अर्डका विवेक यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ७ विकेट गुमाएर १२३ रन बनाएको हो।

४२ रनमै ५ विकेट गुमाएको पोखराका लागि असेला गुनारत्ने र विववेकले ५६ रनको साझेदारी गर्दै इनिङ्सलाई उकासेका थिए। विवेकले ४५ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा अविजित ५३ रन बनाए ।

गुनारत्नेले २६ बल खेल्दै १ चौका मद्दतमा २५ रन जोडे । ओपनर रिचर्ड लेभीले १७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २० रन जोडे ।

केज्रिक विलियम्स २ रनमा अविजित रहे। चितवनका कमल सिंह ऐरी र शाहब आलमले २-२ विकेट लिए। शाहबले ४ ओभरमा १७ रन मात्र खर्चिए भने कमलले ४ ओभरमा ४० रन खर्चिए ।

सबैभन्दा किफायती बलर बनेका कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै १२ रन मात्र खर्चिएर १ विकेट लिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार