कल्याणपुर नगरपालिकामा चौथोपटक तालाबन्दी

सिरहा। हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनः तालाबन्दी गरेका छन् । नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनः तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् ।

कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटकपटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै आए पनि आलटाल गरेकाले पुनः तालाबन्दी गरेको स्थानीयवासी प्रदीप साहले जानकारी दिए । जिल्लाका अधिकांश स्थानीय तहले नगरसभाबाट हरहिसाब सर्वाजनिक गरिसके पनि कल्याणपुरले अझै नगरसभा गर्न नसकेको र हरहिसाबसमेत सार्वजनिक नगरेकाले विरोधस्वरुप तालाबन्दी गरिएको उनले बताए ।

यसअघि पनि पटकपटक स्थानीयले हरहिसाब सार्वजनिक गर्नुपर्नेलगायतका मागसहित तालाबन्दी गरेका थिए । नगरप्रमुख सूर्यनाथ मण्डल निलम्बनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगर प्रमुखका रुपमा कार्य सम्हाल्दै आएका छन् ।

-रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार