मुग्लिन–नौबिसे सडक अवरुद्ध

चितवन। पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार