मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

मेलम्ची । नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ ।

सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा अपिलसमेत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको जानकारी दिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार