रहेनन् कांग्रेस नेता महतो

कैलाली । नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि सो मेडिकल कलेज पु-याइएको थियो।

पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उनी कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेताका रुपमा परिचित थिए। कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए ।उनका श्रीमती तीन छोरा र तीन छोरी रहेका छन् । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार