एकीकृत विपद् व्यवस्थापन ‘क्याम्प’ निर्माण सुरु

झापा । एकीकृत विपद् व्यवस्थापनका लागि ‘क्याम्प’ निर्माण सुरु गरिएको छ । स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग तथा सहकार्यमा अर्जुनधारा नगरपालिका–११ स्थित देउनियाटोल नजिकै क्याम्प निर्माण सुरु गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

जिल्लाका चार स्थानीय तह कनकाई नगरपालिका तथा अर्जुनधारा, बिर्तामोड र बुद्धशान्ति गाउँपालिकामा विपद् व्यवस्थापन गर्ने काम थालिएको उनले बताए । “चारवटै स्थानीय तहले अपनत्व लिने र एकीकृत विपद् व्यवस्थान गर्ने गरी काम थालिएको छ”, उनले भने, “यसले विपद्का बेला नागरिकको उद्धार, राहत र विपद् व्यवस्थानमा सहज हुनेछ ।”

दुई बिघा सार्वजनिक जग्गामा निर्माण थालिएको क्याम्पबाट दमकल, शववाहन, एम्बुलेन्स, बाढी, पहिरो, आगलागीलगायतका विपद् नियन्त्रणका लागि गरिने अर्जुनधाराका नगरप्रमुख हरिकुमार रानाले बताए । संरचना निर्माणका लागि माटो परीक्षणसमेत गरिएको छ । एकीकृत विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्यलाई तालिमको व्यवस्थापन गर्नेछ

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार