सुवेदीलाई अन्तर्राष्ट्रिय नियुक्ति

लण्डन । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन्। यसको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ । विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११ सम्म बेलायतको इडम्बरा शहरमा सम्मेलन हुन लागेको संस्थाले जनाएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार