पहिराले अवरुद्ध हेलम्बु राजमार्ग खुल्यो

सिन्धुपाल्चोक । लगातारको बर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि संचालनमा आएको छ । दिँउसो १२ः३० बाट पहिरो पन्छाएर सडक सुचारु गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।

यसअघि मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसि सडक लगातार अवरुद्ध भएको थियो ।अब मेलम्ची बजार सम्म बस संचालन गर्न सकिेने र तालामाराङ सम्म बाटो सफा गर्न थालिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार