चार कार्यालय थपिए

बागमती । प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ । वन मन्त्रालय  अन्तर्गतको प्रदेशमा बाढीपहिरो नियन्त्रणका लागि तीन वटा  भूसंरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटन विकास आयोजना अन्तर्गत एउटा उपशाखा गरी चार वटा कार्यालय थप गर्ने निर्णय भएको हो ।

बाढीपहिरो नियन्त्रणका लागि प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोटमा तीन वटा भूसंरक्षण कार्यालय स्थापना गर्न लागेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । प्रदेश सरकारले काठमाडौँमा पर्यटन विकास आयोजना कार्यालयको उपशाखा स्थापना गर्ने निर्णय गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार