युवक खोलामा बेपत्ता

बैतडी । मलामी गएका युवक खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका —५ का २२ वर्षीय प्रकाश धामी रहेका छन् ।आइतबार बिहान कुडे खोलामा आफन्तको मलामी गएका उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनको खोजी कार्य जारी रहेको उनले बताए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार