नेकपा (एकीकृत समाजवादी) को बैठक सुरु

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आज बैठक बसेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको सांसद कृष्णलाल महर्जनले जानकारी दिए ।

यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) को पहिलो पटक बसेको यस बैठकले सो दलको संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार