पैदल यात्रीको मृत्यु

कैलाली । ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । गौरिगङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए। अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

–रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार