अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता

काठमाडौँ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’ उनले भने । मङ्गलबार दुई चरणमा गरी २०५ व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।

-रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार