१२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी

चितवन । भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काए । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन गरेर सोमबार पुनः काममा फर्काउएको हो ।

अस्पतालमा स्थायी मेडिकल सुपरिटेन्डेन्ट नहुँदा निमित्तलाई चिकित्सक र स्वास्थ्यकर्मीले टेर्दैनन् । यसका कारण अस्पतालको कामका समयमा भागेर निजीमा जाने प्रचलन बढ्दो छ । बिरामीले हैरानी व्यहोरेपछि गुनासो गर्दै घर फर्किनु वा निजीमा जानुको विकल्प छैन । भरतपुर अस्पतालका अधिकांश चिकित्सक स्वास्थ्यकर्मीको लगानीका वा काम गर्ने निजी अस्पताल छन् । चिकित्सक स्वास्थ्यकर्मीले बिहान १० देखि अपराह्न ३ बजेसम्म काम गर्नुपर्छ । यसका अतिरिक्त बोलाएका बेलामा समेत आउनुपर्ने हुन्छ ।

अस्पतालका चिकित्सकहरु भने बिहान १० बजेपछि आउने र बीचमै विभिन्न बहानमा हिड्ने गरेको सेवाग्राहीको गुनासो छ । गत दुई वर्षयता अस्पतालमा ६ मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भइसकेका छन् । २०७७ साल भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएपछि डा राजन पाण्डे आउनुभयो । उनको तीन महिनाको बसाइपछि डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाए ।

सोही वर्षको फागुन ५ गते आउनुभएका डा वासुदेव पाण्डेको अधिकांश समय काठमाडौँमै बित्यो । उहाँ दु्ई महिनामै सेवानिवृत्त हुनुभयो । पुनः डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाए । यसै वर्षको जेठ १३ गते प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा रोशन न्यौपाने भए। यद्यपि सधैँजसो काठमाडौँ बस्ने भएकाले निमित्तको जिम्मेवारी डा तिवारीले नै सम्हाल्दै आए ।

अस्पताल विकास समितिको अध्यक्षमा डा भोजराज अधिकारी नियुक्त भएपछि ६ मेडिकल सुपरिटेन्डेन्ट बनिसकेका छन् । दुई वर्षका अवधिमा मेसु परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको अध्यक्ष डा अधिकारी बताए । विकास समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने मेसु नै परिवर्तन भइरहँदा काम गर्न कठिन भएको उनकोे गुनासो छ ।

अस्पतालमा रहेका चिकित्सक स्वास्थ्यकर्मीले तोकिएको निर्धारित समयभित्र काम गर्नुपर्ने जनाउँदै उहाँले सेवा प्रदायक र सेवाग्राही दुवैको हित हुने गरी विकास समितिले काम गरिरहेको बताए । चिकित्सक स्वास्थ्यकर्म

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार