भित्र्याइयो नवदुर्गामा ‘खमेय

भक्तपुर।  नगरपालिका‐९ कमलविनायक गछेंस्थित नवदुर्गा द्योछेंमा ‘खमेय’ अर्थात् निखर कालो राँगो भित्र्याइएको छ । सो राँगोलाई वडादशैँ अन्तर्गत नवमीको राति महिषासुर दैत्यको प्रतीकका रूपमा बध गर्ने गरिन्छ । हरेक वर्षझँै आउँदो विजयादशमी नवमीको दिन बध गर्न नवदुर्गा मन्दिरको देवता घर अर्थात् द्योँछेमा खमेयलाई भित्र्याएको हो ।

सूर्यविनायकका लक्ष्मण छुँजूले रु एक लाख २५ हजारमा खरिद गरेको राँगो नवदुर्गालाई चढाएका हुन् । हरेक वर्ष नवदुर्गालाई विभिन्न व्यक्तिले खमेय चढाउने गर्दछन् । यो राँगो नवमीसम्म द्योछेंमै पालेर राखिन्छ । प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीसम्ममा खमेय भित्र्याउने परम्परा रहेको छ । नवमीको राति नवदुर्गा द्योछेँबाट राँगोलाई मदिरा खुवाइ अबिर दलेर दौडाउँदै नगर परिक्रमा गराई ब्रम्हायणी मन्दिरमा पु-याएर महिषासुर दैत्यको प्रतीकका रूपमा राँगोको बध गरिने परम्पार रही आएको छ ।

–रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार